adv

माङसेबुङ गाउँपालिकाले ५० वटा क्वारेन्टाइन निर्माण गर्ने

गाउँपालिका भित्रका साप्ताहिक पाक्षिक हाटबजारहरु अर्को सुचना नआएसम्म बन्द

माङसेबुङ, ९ चैत्र ।

कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वभर फैलिरहको छ । मित्रराष्ट्र चीनदेखी सुरु भएको भनिएको कोभिड १९ हाल विश्वका विभिन्न देशहरुमा महामारिको रुपमा फैलिरहेको छ ।

माेरङकाे टाडीमा निर्माण गरिएकाे क्वारेन्टाइन

यसको जोखिमबाट बच्न र पूर्वसतर्कता अपनाउनका लागि माङसेबुङ गाउँपालिकाले गाउँपालिका भित्र ५० वटा क्वारेन्टाइन निर्माण गर्ने गाउँपालिकाको बैठकबाट निर्णय गरेको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित जनता माविको खेलमैदानमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।

गाउँपालिका बैठकले कोरोना भाईरसबाट बच्न संघीय सरकारले चलाएको निर्णय र निर्देशहरु अक्षांश पालना गर्दै संघीय सरकारको अभियानलाई अझ प्रभावकारी बनाउन क्वारेन्टाइन निर्माणसँगै विभिन्न निर्णयहरु गरेको छ ।

गाउँपालिका भित्र रहेका व्यापारीहरुले पसलहरुमा कालोबजारी अथवा कृतिम अभाव गराएमा साथै गाउँपालिकाले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको संयोजकत्वमा अनुगमन समिति समेत बनेको छ । महामारिका कारण खाद्यान्न संकटलाई मध्यनजर गर्दै गाउँपालिकाले चतुरेमा ५० बोरा चामला, २० काटुन तेल र २ बोरा नुन भण्डारण गर्ने जनाएको छ । साथै मनिपुरमा ५० बोरा चामल, २० काटुन तेल, २ बोरा नुन र मार्चेबुङमा ३० बोरा चामल, १५ काटुन तेल र २ बोरा नुन खाद्यान्न संकटलाई मध्यनजर गरी भण्डारण गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरी गाउँपालिकाबासीलाई माक्स डेटल साबुन निशुल्क वितरण गर्ने र ६ वटा थर्मल गन खरिद गर्ने जनाएको छ । गाउँपालिकाको प्रवेशद्वारको ५ सिमना स्थानहरुमा स्वास्थ्य परिक्षण (थर्मल गन र सेनिटाईजर) को व्यवस्था गरिने ( (१) दमक चिसोपानी सडक खण्ड अन्तर्गत चुलाचुली र माङसेबुङ गाउँपालिकाको सिमानामा, (२) आत्मानन्द मार्ग (बिर्तामोड लारुम्बा) खण्ड अन्तर्गत माई नगरपालिका र माङसेबुङ गाउँपालिकाको सिमनामा, (३) इलाम मंगलबारे गजुरमुखीधाम इभाङ सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (देउमाई पुलमा), (४) इलाम मंगलबारे देउमाई फोकफोक दोभान नावालुङ देउराली हुलाक सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (देउमाई फोकफोक दोभानमा) र (५) मधुमल्ला साकफारा चिसोपानी पंचमी सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (डाँडेगौडामा) राखिने छ ।

माङसेबुङ गाउँपालिकाको गाउँपालिका बैठकबाट भएको निर्णयहरु ः
१) कोरोना भाईरलले विश्वभरी महामारीको रुपमा फैलिएको सन्दर्भमा गाउँपालिकाभित्रका रहेका व्यापारीहरुले आ(आफ्नो पसलमा कालो बजारी तथा कृतिम अभाव सृजना गरेरनगरेको स्थलगत अनुगमन गर्न, गाउँपालिकाले कोरोना भाइरसबाट बच्नको संचालन गरेको अभियान प्रभावकारी भएरनभएको कुरा अनुगमन गर्न गाउँपालिका अध्यक्षको अध्यक्षतामा गाउँपालिका स्तरीय अनुगमन समिति गठन,

२) खाद्यान्न संकटलाई मध्यनजर माङसेबुङ गाउँपालिकाको निम्न वडाहरुको स्थानहरुमा निम्न बस्तुहरु स्टक गर्ने निर्णय,
चत्तुरेमा ५० बोरा चामल (३०केजिको), २० कार्टुन तेल, २ बोरा नुन, मनिपुरमा ५० बोरा चामल (३०केजिको), २० कार्टुन तेल, २ बोरा नुन र मर्चेबुङा ३० बोर चामल (३०केजिको) १५ कार्टुन तेल र २ बोरा नुन भण्डारणा गर्ने ।

३) निशुल्क माक्स तथा डेटल वितरणको ५र५ हजार माक्सरडेटल साबुन र सेनिटाईजर अनि ६ वटा थर्मल गन खरिद गर्ने,

४) गाउँपालिकाको प्रवेशद्वारको ५ सिमना स्थानहरुमा स्वास्थ्य परिक्षण (थर्मल गनरसेनिटाईजर) को व्यवस्था गरिने स्( (१) दमक चिसोपानी सडक खण्ड अन्तर्गत चुलाचुली र माङसेबुङ गाउँपालिकाको सिमानामा, (२) आत्मानन्द मार्ग (बिर्तामोड लारुम्बा) खण्ड अन्तर्गत माई नगरपालिका र माङसेबुङ गाउँपालिकाको सिमनामा, (३) इलाम मंगलबारे गजुरमुखीधाम इभाङ सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (देउमाई पुलमा), (४) इलाम मंगलबारे देउमाई फोकफोक दोभान नावालुङ देउराली हुलाक सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (देउमाई फोकफोक दोभानमा) र (५) मधुमल्ला साकफारा चिसोपानी पंचमी सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (डाँडेगौडामा) मा राखिने ।

५) माङसेबुङ गाउँपालिका वडा नं. सिङफेरेमा (जनता आविको खेलमैदानमा ५० वटा क्वारेन्टाइनको व्यवस्था मिलाईने,

६) गाउँपालिकाको ६ वटै वडाहरुको टोलरटोलमा कोरोना भाईरलबाट बच्न जनचेतना कार्यक्रम संचालन गर्ने,

७) गाउँपालिकाभित्र सप्ताहिक तथा पाक्षिक रुपमा लाग्दै आएको हाटबजारहरु अर्को सुचना प्रकाशन नभईन्जेलसम्म हाट बजार नलगाउने,

८) एउटा घर परिवारका सदस्य सकेसम्म अर्को घरमा जानरआउन नदिन अनुरोध गर्ने गराउने,

९) कुनै घरको सदस्यलाई शंकास्पद भयो भने १४ दिन छुट्टैरएक्लै बस्नको लागि बन्दोबस्त मिलाउन सम्बन्धित घर परिवारलाई अनुरोध गर्ने,

१०) गाउँपालिकाभित्रबाट संचालन हुने एम्बुलेन्स तथा सवारी साधनहरु हाई अलर्टमा राख्न सम्बन्धितलाई अनुरोध गर्ने,

११) माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले मासिक रुपमा पाउने सेवा सुबिधाको ५ दिन बराबरको रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने व्यवस्था गर्ने निर्णय गरियो,

१२) भोलि देखि अर्थात २०७६ चैत्र १० गतेदेखि २०७६ चैत्र २१ गतेसम्म गाउँपालिका र गाउँपालिका अन्तर्गत ६ वटै वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सेवाग्राहीहरुलाई सेवा प्रवाह नदिनेरनगर्ने समेत निर्णय गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु