मेचीनगर, २४ चैत्र ।
हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिलाई तिस हजार रूपैंया प्रदान गरेको छ ।
सोमबार हिमालयन फाउन्डेसनका अध्यक्ष अनन्तप्रकाश वस्तीले समितिका संयोजक तथा मेचीनगर प्रमुख विमल आचार्यलाई सो रकम हस्तानतरण गर्नुभएको हो । बिश्वब्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई राहत वितरणको लागि बिभिन्न संघ संस्था र उधोगी व्यवसायीहरूले राहत कोषमा रकम गर्दै आएका छन् ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट बच्न दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

