adv

ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो जेलमुक्त

एजेन्सी

ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो मंगलबार जेलबाट छुटेका छन् । पाराग्वेली अदालतले रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त गर्ने निर्णय गरेको हो ।

अब उनी होटलमा बन्दीका रूपमा रहने छन् । यो निर्णय आएको ठीक एक महिना अगाडि मात्र उनी जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा समातिएका थिए ।

रोनाल्डिन्‍होका वकिलले १६ लाख डलर धरौटीका लागि पनि बुझाएका छन् । कोरोना भाइरस संक्रमण बच्न पाराग्वेको राजधानी आफै अहिले लकडाउनबाट गुज्रिरहेको छ । कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु