adv

कुवेतमा थप एक नेपाली कोरोना संक्रमित,योसंगै संक्रमित नेपालीको संख्या ३

काठमाडौँ ,२६ चैत्र

कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या तीन पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ जना नयाँ संक्रमितबारे जानकारी दिइएको थियो । कुवेतमा संक्रमितको संख्यामा ८५५ पुगेको छ ।

जसमा ११ जनालाई निको भएको छ ।कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बञ्‍चको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु