
काठमाण्डाै, २९ चैत्र । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसर तत्काल लकडाउन खुकुलाे पार्न नहुने बताएका छन् । बीबीसीका अनुसार यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ तर लकडाउन भने जारी छ ।
काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढ्ने बताएका छन् ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास तत्काल खुकुलो पार्न घातक हुने बताए ।

अहिले विश्वभर संक्रमितको संख्या १७ लाख नाघिसकेको छ भने एक लाख दुई हजार बढीकाे मृत्यु भइसकेकाे छ ।
जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा बोल्दै उनले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए । उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको बताए ।
यसैबीच गेब्रेससले अफ्रिका लगायतका मुलुकमा तीव्र दरमा भाइरस फैलिन सक्ने आशंका व्यक्त गरे । उनले अफ्रिकाको ग्रामीण क्षेत्रमा पनि यो भाइरस पुगिसकेको भन्दै आगामी दिनमा अवस्था अझै नराम्रो बन्न सक्ने चेतावनी दिए ।

