adv

संक्रमितलाई द्रुत सेवा प्रदान गर्नका लागि हेलिकाेप्टर तयारी अवस्थामा राख्न सरकारकाे निर्देशन

काठमाडाैं, ३ बैशाख । नेपालमा सञ्चालित निजी हेलिकोप्टर सञ्चालक कम्पनीहरुलाई सरकारले तयारी अवस्थामा रहन निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको निर्णय अनुसारन बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हेलिकोप्टर कम्पनीहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको हो ।

कोरोना संक्रमणको आशंका गरिएकाहरूको नमूना संकलन तथा संक्रमितलाई अस्पताल पुर्याउन पर्ने भन्दै सरकारले हेलिकोप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । कोरोना परीक्षण र संक्रमितको उपचारको लागि देशैभर द्रुत सेवा दिने रणनीति अनुसार उपकरणयुक्त हेलिकेप्टर सेवा प्रदान गर्ने सरकारी तयारी छ ।

सरकारको निर्णय अनुसार हेलिकोप्टर सञ्चालक कम्पनीहरुलाई निर्देशन दिइएको नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले स्पष्ट पारे । निजी हेलिकोप्टर कम्पनीहरुले भने लकडाउनका कारण व्यवसायिक उडान नहुने भएपछि विदेशी पाइलटहरुलाई बिदामा पठाएका छन् भने स्वदेशी कर्मचारीलाई बाध्यकारी बिदा दिएका छन् ।

हाल नेपालमा १० कम्पनीका ३३ ओटा गैर सैनिक हेलकोप्टर सञ्चालनमा छन् । हेलिकोप्टर सञ्चालक कम्पनीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमण नसर्ने स्वास्थ्य उपकरण सहित कर्मचारीलाई तयारी राख्न निर्देशन दिइएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु