adv

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्ला बाहिर बस्ने नागरिकलाई पनि राहत वितरण गर्ने

खाेटाङ, ५ बैशाख । खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका भित्रका जिल्ला बाहिर बसेका नागरिकहरूलाई पनि राहत वितरण गर्ने भएकाे छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नागरिकहरू जिल्ला भन्दा बाहिर गइ दैनिक आयआर्जनमा जाेडिएर दैनिक जीवनयापन गरिरहेका र आफ्नाे याेग्यता र क्षमता विकासका लागि अध्ययन गर्दै आएका विद्यार्थीहरूलामा लकडाउनका कारण परेकाे असरलाई मध्यनजर गर्दै राहत वितरण गर्ने निर्णय गरेकाे जारी सुचनामा उल्लेख छ ।

जिल्ला बाहिर कुन कुन ठाउँमा बसेकाे छ तत् तत् ठाउँमा नै राहत पुर्याउने गाउँपालिकाले एक सुचना जारी गर्दै साे कुरा बताएका हुन ।

काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकाले घाेषणा गरेकाे लकडाउनका कारण यतिवेला जनजीवन अस्तव्यस्त बनिरहेकाे छ ।

गाउँपालिकाले जारी गरेकाे सुचना

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु