adv

दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइन्

काठमाण्डौ ,६ बैशाख ।  फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन्।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् ।

उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले बताए। गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्।

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु