adv

इस्ट होराइजन माविले झापा जिल्लास्तरीय अनलाइन नृत्य प्रतियोगिता गर्ने

बिर्तामोड, ६ बैशाख । पढाई संगै अतिरिक्त कृयाकलापमा पनि अब्बल मानिएको झापाको धुलाबारी स्थित इस्ट होराइजन माविले झापा जिल्लास्तरीय अनलाइन नृत्य प्रतियोगिता गर्ने भएको छ ।

कोरोना भाइरसले सिर्जित लकडाउन सुरु भएपछि विद्यालयहरु पनि विदा गरिएका छन् । विद्यार्थी फुर्सदिला भएका छन् । यो समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई फ्रेस बनाउन प्रतियोगिता आयोजना गरिएको शिक्षक महेश खड्काले जानकारी दिए । प्रतियोगितामा समावेश हुनका लागि लकडाउन सुरु भएपछि घरभित्रै, छत वा प्यासेजमा खिचिएको कम्तिमा १ मिनेट लामो भिडियो पठाउनु पर्नेछ ।

लकडाउन सकिएको पाँच दिनपछि प्रतियोगिताको नतिजा प्रकाशन हुने विद्यालयले जनाएको छ । नृत्यको भिडियोलाई निर्णायकको ४० प्रतिशत भोट रहनेछ । त्यस्तै, ६० प्रतिशत निर्णय कतिपटक भिडियो हेरियो र सेयर भयो भन्नेमा भर पर्नेछ ।भिडियो विद्यालयको आधिकारिक फेसबुक पेज “I love East Horizon” बाट अपलोड हुनेछ  । झापा जिल्लास्तरीय सो प्रतियागितामा नर्सरीदेखि कक्षा ४ सम्म र ५ देखि  एसइइको तयारीमा रहेका विद्यार्थी सहभागी हुन पाउने गरि दुइ समूह हुने खड्काले बताए ।

प्रतियोगितामा प्रथम हुनेले शतप्रतिशत छात्रवृत्ति, दोस्रो हुनेले ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले २५ प्रतिशत छात्रवृत्ति साथै आकर्षक पुरस्कार पाउनेछन् । उत्कृष्ट १० भित्र पर्नेलाई कभर गीतको भिडियोको नृत्यमा समावेश गरिने विद्यालयले जनाएको छ ।

नृत्यको भिडियो विद्यालयको इमेल ठेगाना (easthorizonschool@gmail.com) मा पठाउनु पर्नेछ । साथै, ९८०४९३०७५३ नम्बरको भाइबर वा ह्वाट्स अपमार्फत पनि भिडियो पठाउन सकिनेछ । क्यामेरालाई तेर्सो बनाएर भिडियो खिच्नुपर्ने तथा नेपाली गीतलाई मात्र मान्यता दिइनेछ ।

यो प्रतियोगिताको थप जानकारीको लागि ९८५२६७८१२८,९८५२६७७६६४,९८४४६४६६५८ र ९८२४०६४५०२ सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु