काठमाडाै, ७ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख ६० हजार ७ सय ६७ जनाकाे मृत्यु भइसकेकाे छ । हालसम्म २३ लाख ३२ हजार ४ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
जसमा ५ लाख ९७ हजार २ सय २० जना करिब २५. ६१ प्रतिशत काेराेना संक्रमित निकाे भइसकेका छन् । विश्वमा काेराेना संक्रमण संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाे छ ।

अमेरिकामा मात्र ३९ हजार १५ जनाकाे काेराेनाका कारण मृत्यु भइसकेकाे छ भने संक्रमित संख्या ७ लाख ३८ हजार ९ सय १३ जना पुगेकाे वल्डाेमिटरमा उल्लेखि गरिएकाे छ ।
छिमेकि राष्ट्र भारतमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ५ सय २१ पुगेकाे छ । हालसम्म भारतमा १६ हजार ३ सय ६५ जनामा काेराेना संक्रमण देखिएकाे छ । पछिल्लाे २४ घण्टामा २ हजार १३ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ । यसरी हेर्ने हाे भने भारतमा काेराेना संक्रमित संख्या तिव्र रूपमा बढिरहेकाे छ ।
नेपालमा हालसम्म ८ हजार १७ जनामा काेराेना परिक्षण गरिएकाेमा ३१ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । जसमा ३ जना पूर्ण स्वास्थ्लाभ गरिसकेका छन् भने हालसम्म नेपालमा काेराेनाका कारण मृत्यु भएकाे छैन ।


