adv

इलाम नगरपालिका र फाकफोकथुममा ५८ जनाको आरडिटी टेष्ट,सबै रिपोर्ट नेगेटिभ

इलाम,९ बैशाख  । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकाको होमक्वारेन्टाइनमा रहेका ४३ जनाको सोमबार कोरोना भाइरसको र्यापिड टेस्ट गरिएको छ ।

गाउँपालिका स्थित आमचोकमा जिल्ला अस्पताल इलामबाट आएका दुई जना स्वास्थ्यकर्मीद्वारा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय इलामका विमल बरालले बताए ।

विभिन्न मुलुकबाट चैत्र महिना भित्र आई होम क्वारेन्टाइनमा रहेका ९ महिला र ३४ पुरुष गरि जम्मा ४३ जनाको रिपोर्ट नेगेटिभ देखिए पछि सुरक्षित साथ आफ्नो घरमा फर्काइएको गाउँपालिका अध्यक्ष राम श्रेष्ठले बताए ।

त्यस्तै इलाम नगरपालिका ५,६, ८, ९ वडामा १५ जनाको टेष्ट गरिएको थियो । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको छ । अहिलेसम्म आर डि टि टेष्ट २ सय ७ जनाको गरिसकिएको छ ।

अहिलेको विश्वव्यापी साझा समस्य कोरोना संक्रमणबाट सबै सुरक्षित रहन गाउँपालिकाले आग्रह गर्दै चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

कुनै नयाँ मानिस अन्यत्र ठाँउबाट गाउँपालिका भित्रिएमा उनीहरुको विवरण संकलन गरि गाउँपालिकाले होम क्वारेन्टाइन तथा संस्थागत क्वारेन्टाइनमा राख्ने काम गर्दै आएको छ । गाउँपालिकाले २० जना क्षमताको संस्थागत क्वारेन्टाइन स्थल निर्माण गरेपनि हाल ५० जना रहन सक्ने गरि क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ ।
लकडाउन चलिरहेका बेला गाउँपालिकामा रहेका अति विपन्न परिवारको सहयोगका लागि बैशाख ११ गते देखि राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गर्ने तयारी गरेको छ । त्यसका लागि पालिकाको राहत कोषमा साढे ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो बजेटबाट पहिलो चरण सात सय २० घरधुरिलाई बैशाख १४ गते भित्रमा राहात वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले जानकारी दिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु