adv

नेपालमा थप उदयपुरका १ जना कोरोना पुष्टि ,कोरोना संक्रमित ३२ पुग्यो

काठमाडौँ,९ बैशाख । — नेपालमा कोरोना भाइरसबाट मंगलबार थप एक जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो संगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको हो ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एकजनामा कोरोना संक्रमण देखिएको हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु