काठमाडौं, ११ बैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ ।
बुधबार एकै दिन १४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २० हजार भन्दा बढी पुगेको छ । यसअघि गएको सोमबार एकै दिन १५ सय भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको थियो ।
यस्तै बुधबार थप ४९ जनाको कोभिड–१९ बाट मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको कुल संख्या ६८१ पुगेको छ।

