
निको भएकी कोरोना संक्रमित पाना विक
धनगढी,११ बैशाख । कोरोना भाइरसको संक्रमणबाट कैलालीको लम्कीचुहाकी ६५ वर्षीया कोरोना संक्रमित पाना विक निको भएर घर फर्किएकी छन्। बिहीबार उनलाई अस्पतालका स्वास्थ्यकर्मीहरूको टोलीले बधाई दिँदै घर पठाएको छ।
सुदूरपश्चिममा देखिएका ५ जना संक्रमित बिरामीमध्ये निको भएर घर फर्किने उनी चौंथो बिरामी हुन् । वीरगञ्जबाट फर्किएकी उनमा वैशाख १ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १० पुगेको छ । सेती अस्पतालबाट ४, टेकु अस्पतालबाट ३, पाटन अस्पतालबाट २ र बाग्लुङ अस्पतालबाट १ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

