adv

झापा दमकमा १ जनामा आरडिटी पोजेटिभ, धरानमा पिसिआर परीक्षण हुदैं

दमक,११ बैशाख । झापाको दमकमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रारम्भिक परीक्षणमा एक महिना अघि दुवईबाट फर्किएका दमकका एक जनामा आर डि टि पोजेटिभ देखिएको हो ।

कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आरडिटि परीक्षण गर्ने क्रममा बिहीबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले जानकारी दिइन ।

आरडिटिमा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको दमक नगरपालिकाले जनाएको छ ।  पीसिआर परीक्षणपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ ।

नगरका ३ स्थानमा रहेका क्वारेन्टाइनहरुमा ४१ जनालाइ राखेर उनीहरुको स्वास्थ्य अवस्था बारे निगरानी जारी राखिएको नगरपालिकाले जनाएको छ । तीमध्ये दमकको जामे मस्जिदमा १४, मानसरोवरको क्वारेन्टाइनमा २१ र बाकी दाहाल प्रतिस्ठानको क्वारेन्टाइनमा रहेका छ्न ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु