बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकाको बिपत ब्यवस्थापन कोषमा संघीय लिम्बुवान मञ्च बुद्धशान्ति गाउँपालिका समितिले ५१ हजार सहयाेग गरेकाे छ।
कोरोना भाइरसक कारण जारी लकडाउनमा अतिबिपन्न नागरिकका लागि खाद्यान्न वितरण गर्न गाउपालिकालाई सहज होस् भनेर सहयोग मन्चका अध्यक्ष अध्यक्ष पुर्ण तपेबुङ्गले बताए ।

बिहिबार समितिका बुद्धशान्ति अध्यक्ष पुर्ण तपेबुङ्ग, पार्टी केन्द्रिय सदस्य इन्द्र लिम्बु , झापा जिल्ला वरिष्ठ उपाध्यक्ष नगेन राई जिल्ला उपाध्यक्ष राजकुमार फागो, संघीय विद्यार्थी युनियन का अध्यक्ष मोहन माबो, पार्टीका बुद्धशान्ति सचीव नन्दकुमार राई, सहसचिव गजुहाङ्ग योङ्हाङ्ग, एल भि कमान्डर काजीमान लिम्बु , करन शेर्पा लगायतले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष क्रमश रमेशकुमार भुजेल र मिरा भुर्तेललाइ हस्तान्तरण गरिएको सन्चारकर्मी आयुस निरौलाले जानकारी दिए ।

