
काठमाडौ, १२ बैशाख । कोरोना भाइरस (कोभिड १९) कारण बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । झापा घर भइ हाल बेलायत बस्दै आएका हंसराज लिङ्देनको बुधबार अस्पतालमा मृत्यु भएको हो ।
खुदुनाबारीको जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका लिङ्देन विगत १४ वर्ष देखि बेलायतको रेडिङमाबस्दै आएका थिए ।

प्रेसर र सुगरको विरामी रहेका उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो ।

