मेचीनगर । झापाको मेची उद्योग बाणिज्य संघ मेचीनगरले पूर्वी पहाडी तीनवटा जिल्लाका उद्योग बाणिज्य संघलाई सुरक्षा सामग्री पठाएको छ ।
विहीबार संघले इलाम, ताप्लेजुङ, पाचथर उद्योग बाणिज्य संघलाई १० ÷ १० थान पीपी सेट, १ सय थान मास्क १ सय थान ग्लोब्स पठाएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।

साथै संघले आम्दा मेची अस्पताललाई १० सेट पीपी सेट प्रदान गरेको छ । तीनवटा उद्योग बाणिज्य संघ र आम्दा अस्पताललाई निःशुलक रुपमा उपलबध गराएको सामानको मुल्य करीव ८० हजार रुपैयाँ पर्ने संघका कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेले बताए ।
बजारमा नुनको अभाव भइरहेका बखत यसलाई टार्न वा सहजता दिनका लागि संघले दोस्रो चरणको नुन विक्री शुक्रबारबाट खुला गर्ने जनाएको छ । बजारमा खाद्यन्न अभाव हुन नदिनका लागि संघ नगरभित्रका चामल तेल दाल उद्योगसँग पटक पटक छलफलमा जुटिरहेको संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले बताए ।

