adv

झापाको कोरोना संक्रमित दमकका,दुबईबाट फर्केका छोराले कोरोना सारेको आशंका

झापा, १२ बैशाख।  झापाको कोरोना संक्रमित दमक नगरपालिकाका ६२ वर्षीय वृद्ध रहेका छन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

 

संक्रमित पुरुषमा आफ्नै छोराबाट संक्रमण सरेको शंका गरिएको छ। उनका छोरा गत चैत ४ गते दुवईबाट घर आएको पुष्टि भएको छ ।

 

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार दमक–३ मा बसोबास गर्ने वृद्धको परिवारमा बिहिबार मात्रै आरडीटी टेस्गट गर्दा छोरा, बुवा र आमाकै पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। शुक्रबार साँझ आएको रिर्पोटअनुसार ति मध्ये ६२ बर्षिय बाबुमा कोरोना भाइरसको संक्रमण देखिएको तर वृद्धका छोरा र श्रीमतीको स्वाव परीक्षण भने नेगेटिभ छ ।

 

शुक्रबारसम्ममा दमकका विभिन्न ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक ४ स्थित मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

हाल सम्म दमकमा ९८ जनामा गरिएको आरडीटी र तीन जनाको पीसीआर परीक्षण मध्ये आज भने पहिलो पटक पोजिटिभ देखिएपछि दमकमा उच्च सर्तकता अपनाईएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु