adv

फेसबुकको मेसेन्जरमा पनि अब ५० जनाले एकसाथ भिडियो कल गर्न मिल्ने

 

काठमाडौँ, १३ वैशाख ।  सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ ।

हालै विश्व हल्लाई रहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै फेसबुकले आफ्नो प्रचलित मेसेन्जर एपमा ५० जनासम्म भिडियो कल गर्न मिल्ने सुविधा ल्याउने भएको छ । यस एपले अहिले निकै प्रचलित रहेको जुम एपलाई पनि प्रतिष्पर्धा गर्ने भएको हो ।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ ।

होस्ट अर्थात् मुख्य प्रयोगकर्ताले एउटा रूम बनाएपछि उक्त रूममा होस्ट बाहेक ४९ जना थप प्रयोगकर्ताले भिडियो कल गर्न सक्नेछन् ।

फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ ।फेसबुकको मेसेन्जर रुम्स यहि साता लन्च हुने भनीएकको छ । विश्वव्यापी रूपमा अबको केही साता पछि रिलिज हुने भनिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु