adv

झापाका सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नेपाल ल्याउने तयारी

झापा, १४ वैशाख । झापाको सीमावर्ती नाकामा दुई सय भन्दा बढी नेपाली अलपत्र परेका छन् । उनीहरु नेपाल आउने आशमा रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा दुई सय भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

भारतीय क्वारेन्टाइनमा रहेका ती नेपालीलाई नेपाल प्रवेश दिने तयारी भइरहेको छ । उनीहरुलाई राख्न भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन थालिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुई सय जना अट्ने क्षमताको क्वारेन्टाइन बनाउन लागिएको र ‘तत्काल निर्माण सुरु गरिएको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु