adv

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १६

काठमाडौँ ,१४ बैशाख । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १६ पुगेको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ पुगेको जनाएको हो ।

आइतबार थप ४ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १६ पुगेको हो।मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक १२ औँ दिनमा र पर्साका ३ जना पुरुष १५ औँ दिनमा निको भएर घर फर्किएको बताए।

नेपालमा आइतबार थप २ जना नयाँ संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या मुलुकभर ५१ पुगेको छ। संक्रमतिमध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना उपचाररत रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु