
काठमाडौं, १४ बैशाख ! प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई एसियाकै दुरदर्शी नेताको रुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO)ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै “AAMO Visionary Leader & National Builder Award-2020” घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीले मुलुक र जनताको लागि खेलेको भूमिका अन्य एसियाका नेता भन्दा उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त अवार्डको समेत घोषणा गरिएको हो । विगतमा पार्टी जीवन तथा सरकारमा खेलेको भूमिकाका कारण नेपाल अविकसितबाट विकासन्मुख देशको रुपमा आफ्नो यात्रा तयार गरेको छ ।
अघिल्लो पटक प्रधानमन्त्री भएको समयमा संविधान जारी भएसँगै छिमेकी मुलुक भारतले अघोषित रुपमा गरेको ना,काबन्दीको कडा रुपमा प्र,तिवाद गरी आफ्नो चट्टानी अडानलाई विजयको यात्रामा डो,र्याउनुभएको थियो ।
वतृमान समयमा समेत देशका अल्पकालीन तथा दिर्घकालीन योजनाहरुलाई तिव्र गतिका साथ अघि बढाइरहनुभएका प्रधानमन्त्री ओलीको मुुलुक प्रतिको दुरद,र्शितालाई आम नेपाली जनताले मात्र नभई एसियाका अन्य मुलकुले समेत विशेष नजर रोखेको पाइएको छ ।

