adv

नेपालमा थप २ मा कोरोना पुस्टि ,संक्रमितको संख्या ५४ पुग्यो

रौतहट, १६ वैशाख ।नेपालमा थप दुइ जनामा कोरोना पुस्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

रौतहटमा भारतबाट आएका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको हो ।

संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो।

अर्का संक्रमित देवाही गोनाही नगरपालिका-१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए। उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेको मयेर धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए।

दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु