adv

कोरोनावाट अमेरिकामा अर्का एक नेपालीको निधन

न्युयाेर्क। अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ । २० दिनदेखि उपचारत महेश पन्थीको कोरोना संक्रमणवाट निधन भएको हो ।

भजिर्नियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उनको निधन भएको बताइएको छ । उनी ललितपुर कुपोण्डोलबाट एकदशक अघि अमेरिका आएका थिए ।

स्व पन्थी भजिर्निया राज्यको सेन्टरभिल शहरमा श्रीमती, छोरा र छोरीसंग बस्दै आएका थिए । अमेरिकामा कोरोनाबाट मत्यू हुने नेपालीमा पन्थी नवौ व्यक्ति हुन । यस अखि आठजनाको निधन भइसकेको छ । अमेरिकामा कोरोनाबाट निधन हुनेको सख्या ५९ हजार नाघेको छ । संक्रमितको  सख्या १० लाख ३५ हजार हेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु