adv

दमकमा स्वाब परिक्षणकाे रिपाेर्ट सबै नेगेटिभ

दमक, १७ बैशाख । झापाको दमकमा ५४ जनाकाे स्वाब परिक्षण रिपाेर्ट सबै नेगेटिभ आएकाे छ । दमक नगरपालिका वडा नं. ३ मा एकजनामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँचमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएकाे हाे ।

कोरोना भाईरस संक्रमण देखिएकाे स्थान बाट १४ गते कन्ट्याक ट्रयाकिङ गरेर ५४ जनाकाे स्वाब विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाईएको थियो । त्यहाँ जाच गर्दा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएकाे दमक नगरपालिकाले जनाएकाे छ ।

 बैशाख १३ गते उक्त स्थानमा चार किल्ला तोकि लगाइएकाे तोकि लगाईएको घेरा हटाईएको छ। एकजनामा काराेना देखिए पछि    वडानै सिल गरीएकाे थियाे । सुरक्षा घेरा हटाए पनि लक लाउन चलिरहेकाे   हुँदा उक्त क्षेत्रमा समेत घर बाहिर निस्कन र अत्यावस्यक काममा बाहेक हिडडुल गर्न नपाईने नगरपालिकाले जारी गरेकाे बिज्ञप्ती मा जानकारी गराइएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु