माङसेबुङ, १८ बैशाख। पत्रकार राम योङहाङले माङसेबुङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नयाँ बुलन्द डटकमका सम्पादक तथा संचालक समेत रहेका योङहाङले सो रकम सहयोग गरेको हो ।

पत्रकार योङहाङले बुधबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई संयुक्त रुपमा ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावितलाई राहत उपलब्ध गराउन स्थापित कोषमा पत्रकार योङहाङले सहयोग गरेका हुन् ।

