adv

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौँ, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको बिहीबार राति निधन भएको हो । साथै उनको बिहीबार राति नै अन्त्येष्टि गरिएको छ ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् । २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायत गीत चर्चित छन् । तारिणीप्रसादकै शब्द/संगीतमा कलकत्तामा पनि उनको गीत रेकर्ड भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु