adv

कृषि क्षेत्रलाई असर नपर्ने गरी लकडाउन कार्यान्वयन गर्ने तयारी

पांचथर,१९ बैशाख  कोरोना भाइरस (कोभिड -१९) का कारण लकडाउनको समय लम्बिएसँगै ग्रामिण अर्थतन्त्रलाई खस्कन नदिन कृषि क्षेत्रलाई खुकुलो बनाउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।

लकडाउनको अनुगमन गर्न पाँचथर आइपुगेका मन्त्री आङ्बोले पत्रकारसँग कुरा गर्दै कृषिका कामसँगै विकास निर्माणको कामलाई निरन्तरता दिने तयारी गरिएको  र  १ नम्बर प्रदेश सरकारले कृषि क्षेत्रलाई असर नपर्ने गरी लकडाउन कार्यान्वयन गर्ने तयारी गरेको बताएका हुन् । ‘निश्चित मापडण्ड तयार गरेर विकास निर्माणलाई निरन्तरता दिने तयारी गरिएको छ,’ आङ्बोले भने, ‘विकाश निर्माणको काम जारी रहे बजारमा तरलताको अभाव हुन पाउँदैन।’

कुराकानीकै क्रममा आङ्बोले कोरोना संक्रमणका कारण भन्सार र रेमिट्यान्समा भारी गिरावट आएको बताए । ‘रेमिट्यान्समा ८० प्रतिशत गिरावट आएको छ,’ आङ्बोले भने, ‘यस्तो तथ्यांकले देशको अर्थतन्त्रमा ठूलो असर पुग्ने देखिन्छ ।’

प्रदेश १ कोरोना भाइरसको इपिसेन्टरजस्तै देखिएपछि नियन्त्रण बाहिर नरहेको आङ्बोको तर्क छ । सरकारले सबै शक्ति कोरोना नियन्त्रणका लागि खर्चिएको बताए ।

‘सरकारको क्षमताअनुसार परीक्षणलाई तीव्रता दिएको छ,’उनले भने, ‘एक व्यक्तिको पीसीआर परीक्षण गर्न करिब ३५ हजार खर्च लाग्छ ।परीक्षणका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन ।’ स्वाब परीक्षणका लागि प्रयाप्त सामग्री नभएकाले केही समस्या भएको उनले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु