adv

भारतमा लकडाउन २ साता थपेर ,मे १७ सम्म कायम

काठमाडौं । भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।  यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ। ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु