adv

मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

मेचीनगर,१९ बैशाख। झापाको मेचीनगर–७ मा रहेको प्यारीभिट्टा यूवा क्लबले शुक्रबार (आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८९ जनाले रगत दान गरेका छन् ।

मेचीनगर–७ स्थित प्यारिभिट्टा बसपार्क परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जना पुरुष र १८ जना महिलाले रक्तदान गरेको क्लबका कार्यक्रम संयोजक राजु शिवाकोटीले जानकारी दिए ।

अहिलेको बिषम् परिस्थितिमा रगतको चरम अभाव भई रहेको छ । त्यसलाई थोरै भए पनि परिपूर्ती गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक सिवाकोटीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै रक्तदान जिवनदान भन्ने उदेश्यले बन्दाबन्दी कै बिच पनि रक्तदान कार्यक्रम आयोजना गरीएको क्लबका अध्यक्ष मुक्ती काफ्लेले बताए ।

रक्तदान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् सांसद् देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापा, राप्रपा झापाका उपाध्यक्ष कमल खरेल, झापा जिल्ला रेडक्रस सोसाईटीका सभापति लोकराज ढकाल, झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, शसस्त्र प्रहरी सीमा सुरक्षा बल झापाका प्रमुख एसपी रमेश थाम्सुहाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेल, शसस्त्र प्रहरी बल काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेल लगायतको उपस्थिति रहेको क्लबका सचिव राजमान तामाङ जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु