adv

ताप्लेजुङको सदरमुकाम फुङलिनमा आगलागी, आगो नियन्त्रण लिने प्रयास जारी

झापा : ताप्लेजुङ सदरमुकाम फुङलिनको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब सात घर जलेका छन् ।

बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।

दक्षिणीतर्फ भने राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुङ्गानाको दुध डेरी आशिकरुपमा भत्काई आगो नियन्त्रमा लिने प्रयास गरिएको छ। फुङलिङ नगरपालिकाको दमकलले यो समाचार तयार पार्दासम्म आगो नियन्त्रमा लिने प्रयास जारी राखेको छ। अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरमा लागेको आगो दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगो अहिले नियन्त्रण नजिक रहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु