
काठमाण्डाै,२० बैशाख । रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणपछि अस्पताल भर्ना भएका छन् । दुई दिनअघि मात्रै रुसी प्रधानमन्त्रीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे ।
निर्माण मन्त्रीका सहायक पनि भाइरसबाट सङ्क्रमित भएकाे रुसी सञ्चारमाध्यमले जनाएका छन् । गएकाे बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू काेराेना सङ्क्रमित भएकाे बारे जानकारी गराएका थिए ।

गएकाे २४ घण्टामा रुसमा ९ हजार ६ सय २३ जनामा सङ्क्रमण देखिएकाेमा आधाभन्दा धेरै मस्काेका छन् । रुसमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे दर बढिरहेकाे छ ।
काेराेनाकाे कारण रुसमा अहिलेसम्म एक हजार दुई सय २२ जनाकाे ज्यान गइसकेकाे छ ।

