adv

संसद् बजेट अधिवेशन वैशाख २६ गते बोलाउन मन्त्रीपरिषदबाट सिफारिस

काठमाडौं, २१ बैशाख । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।

प्रि-बजेट छलफल गर्ने परम्परा अनुसार अघिल्ला बर्षहरुमा वैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाइने गरिन्थ्यो । तर कोरोना भाइरसका कारण यस पटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने भएको छ ।

यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी सरकारले थालेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु