adv

विश्वभर कोरोनाबाट २ लाख ४८ हजार बढीको मृत्यु

काठमाडौँ, २२ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दा सम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार २८५ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५९८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ ।

इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघिसकेको छ । २१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु