माङसेबुङ, २२ बैशाख । नेपाली कांग्रेस माङसेबुङ गाउँ समितिले माङसेबुङ गाउँपालिकाकाे काेराेना राहत काेषका लागि १ लाख ५० हजार ५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सोमबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेस गाउँ समितिले राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

गाउँ समिति सभापति इन्द्र सम्बाहाम्फेले साे सहयोग रकम माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र लेखा अधिकृत मञ्जु भट्टराईलाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमपछि संक्षिप्त मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष इदिङ्गोले सहयोगका लागि नेपाली कांग्रेसलाई धन्यवाद ज्ञापन दिए । उनले यो महामारीलाई नियन्त्रण गर्न सम्पूर्ण राजनीतिक दलसहित गाउँबासीहरु एक भएर अगाड बढ्न अपिल समेत गरे ।

गाउँपालिकाले पहिलो चरणमा १ हजार १ सय ८६ घरपरिवारलाई राहत वितरण गरिसकेकाे छ ।

