adv

संक्रमितको संख्या बढे संगै तीन दिन घरबाट निस्कन नपाइने

झापा,२३,बैशाख ।  कोरोना संक्रमितको संख्या बढे संगै नेपालगन्जमा तीन दिन घरबाट निस्कन नपाइने भएको छ ।

बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ ।

नेपालगन्जमा मंगलबार मात्र थप ७ जनामा कोरोना पुष्टि भएको छ सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।यो संगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने १६ जना निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु