adv

कोरोनाबाट रुपन्देहीका युवा निको भएर डिस्चार्ज भए

काठमाडौं ,३० बैशाख । रूपन्देहीका पहिलो कोरोना भाइरसबाट संक्रमित कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवा निको भएका छन् ।

तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिए।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।

आइसोलेसन अस्पतालभित्रै गीतमा नाचेको उनको भिडियो र समाचार भाइरल भएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु