adv

नेपालमा कोरोना संक्रमित २४५ पुग्यो, आज बिहानै २ जनामा पुष्टि

काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु