adv

रेफ्रीहरुलाई नेपाल फुटबल रेफ्री संघको सहयोग

काठमाडौं, १ जेष्ठ  । नेपाल फुटबल रेफ्री संघले बिहीबार सात जना रेफ्रीलाई सहयोग गरेको छ ।

विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका नेपालका फुटबलका रेफ्रीहरूलाई राहत स्वरूप प्रतिव्यक्ति चार हजारका दरले वितरण गरेको नेपाल फुटबल रेफ्री संघका महासचिब लब खत्रीले बताए ।

खत्रीका अनुसार संघले पहिलोपटक विभिन्न जिल्लाका १० जना रेफ्रीलाई राहत वितरण गरिएकोमा हाल पुनः काभ्रेका तीन जना, काठमाडौंका, उदयपुरका, कैलालीका र बर्दियाका एक–एक जना रेफ्रीलाई सहयोग गरेको हो ।

संघले हालसम्म १७ जनालाई सहयोग गरेको र अन्य सहयोगको आवश्यकता परेका रेफ्रीलाई सहयोगका लागि जिल्ला रेफ्री संघमार्फत् नेपाल फुटबल रेफ्री संघमा जानकारी गराउन आग्रह गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु