adv

झापामा थप ९ जनामा कोरोना पुष्टि

झापा,६ जेष्ठ  । झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरि आज बिहान नै सुनसरीका ३ जनामा पनि कोरोना पुष्टि भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

यो सँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । प्रदेश  न १ मा कोरोना ५४ र नेपालभरी संक्रमितको संख्या ३८७  पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु