adv

नेपालमा कोरोना संक्रमित ४०२ पुगे,आज मात्र २७ थपिए

काठमाडौं ,६ जेष्ठ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ सय  दुई पुगेको छ । आज मंगलबार मात्रै २७ जना नया संक्रमित थपिएका  स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ वर्षदेखप ४२ वर्ष उमेर समुहका १४ जना पुरुष र ३ जना महिला छन्।

झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएका हुन्।

यो संगै नेपालमा कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु