~प्रकाश आङ्देम्बे
इश्वर र काम उस्तै उस्तै लाग्छ
प्रेम र धाम उस्तै उस्तै लाग्छ
धेरै टाढा छ तर न्यानो आइपुग्छ हरदिन
त्यसैले मलाई तिमी र घाम उस्तै उस्तै लाग्छ
मालिक थिए दासी भएँ
चालकबाट खलासी भएँ
के भइन तिम्रो कारणले
आज प्रेममा नि सुकुम्बासी भएँ
असम्भव तस्वीरहरु उन्छन् यी आँखा
जहिले तिम्रै सपनामा हुन्छन् यी आँखा
तिम्लाई सम्झी हाँस्ने प्रयास गर्दा गर्दै
मलाई नै झुक्याएर रुन्छन् यी आँखा
नकाट भन्यो छुरा मान्दैन
नबज भन्यो चुरा मान्दैन
आफ्नै मन पनि पराई भा‘छ अचेल
आफैले भनेकै कुरा मान्दैन
चुली र डाँडामा के फरक छ ?
कराइ र भाँडामा के फरक छ ?
सम्झ्यो कि मुटु चस्किन थाल्छ
तिमी र काँडामा के फरक छ ?