adv

मेचीनगरमा १५ जनाको आरडीटी पोजेटिभ

काकरभिट्टा ,९ जेष्ठ । झापाको  मेचीनगरमा  गरिएको र्यापिड डाईगोनोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा १५ वटा नमुनाको आरडीटी परीक्षण पोजेटिभ आएको छ ।

भारतबाट आएका ३१५ जनाको आरडीटी परीक्षणमा १५ जनामा नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यलय झापाका कार्यक्रम अधिकृत एवं फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।

आरडीटी पोजेटिभ देखिएका ब्यक्तिहरुको भिटिएम मार्फत स्वाब संकलन गरी पीसीआर परीक्षण पश्चात कोरोनाको संक्रमण भए नभएको यकिन गरिने कार्यक्रम अधिकृत चौलागाईंले बताए ।

मेचीनगरको काँकरभिट्टा माविका १४८, धाइजनको २२ र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको स्वास्थ्य चौकी भवनमा रहेका ब्यक्तिहरुमा आज परीक्षण गरिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु