काठमाडाै, १० जेठ । नेपालमा शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएकाे हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैमा परिक्षण गरिएकाेमा किपलवस्तुका १७, १९,, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरूष र २७ वर्षीय महिला गरी ८ जना रहेका छन् । त्यसतै सर्लाहीका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरूष, बाराका ३७ वर्षीय महिला र काठमाडाैका ३५ वर्षीय पुरूष रहेकाे छ ।
यता प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवामा रूपन्देहीका २०, २०, २४, २४ २७, ३०, ३०, ५५ पर्षीय पुरूषहरू र भरतपुर अस्पताल काेभिड १९ प्रयाेगशाला भरतपुरमा परिक्षण गरिएका चितवनका ५२ वर्षीय पुरूषमा काेराेना पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा काेराेना संक्रमणकाे कारण तीन जनाकाे मृत्यु भइसकेकाे छ भने हालसम्म नेपालमा ४२ हजार पाँच सय ५८ जनाकाे पिसिअार परिक्षण गरिसकेकाे छ ।