adv

बुटवलमा उपचारारत थप १० जना कोरोनाबाट निको भएर घर फर्के

काठमाडौं , १० जेष्ठ । नेपालमा थप १० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

 बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका १० जना सबै कपिलवस्तुका बासिन्दा हुन्।

दुई साता अगाडि भर्ना भएका ती बिरामीहरूको लगातार दुई पटक गरिएका कोरोना भाइरस परीक्षणका रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए।

कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए। यस अगाडि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिया युवा निको भएर घर गइसकेका छन्।

यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना निको भएर घर फर्केका थिए।

यो संगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु