adv

शनिबार एकैदिन १८९ मा कोरोना पुष्टि,नेपालमा कुल संक्रमित संख्या १ हजार ४०१ पुग्यो

काठमाडौँ,१७ जेष्ठ । नेपालमा शनिबार थप १ सय ८९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार १९८ वर्ष नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

संक्रमितहरु सर्लाहीका १७ जना,कपिलबस्तुका १०९ जना ,दैलेखका १४ जना ,सिराहाका ११ जना,सप्तरीका ९ जना,धनुषाका ७ जना,रौतहटका ६ जना,दांगका ५ जना,महोत्तरीका ४ जना ,पर्साका २ जना,झापाका १ जना , संखुवासभाका  २ जना ,बाराका १ जना र ललितपुरका १ जना रहेको शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १ हजार ४०१ पुगेको छ। हालसम्म संक्रमितमध्ये  २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । भने सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु