adv

नेरेसाे उपशाखा चुलाचलीद्धारा विपन्न परिवारलाई राहत वितरण

इलाम, १७ जेठ । इलामको चुलाचुली गाउँपालिकामा नेपाल रेडक्रस साेसाइटी उपशाखा चुलाचुलीकाे अगुवाइमा चुलाचलीमा रहेका विपन्न २२ परिवारलाई राहत वितरण गरेको छ । साेसाइटीले चुलाचुली वडा नं. ४ र ५ मा रहेका विपन्न परिवारहरुको पहिचान गरी खाद्यान्न सामग्री वितरण गरेकाे हाे ।

राहत वितरणका लागि बेल्डागी शरणार्थी शिविरबाट पुर्नवासको क्रममा अमेरीका पुगेका भुटानीहरुको संस्था ग्रेटर एक्रोन हिन्दु सेवा समितीकाे सहयाेगमा रू १लाख बराबरकाे चामल, दाल, तेल लगायतका पाँच प्रकारका खाद्यान्न राहत सामाग्री वितरण गरेको हो ।

चुलाचुली रेडक्रस उपशाखाका सभापति अविनारायण खनालका अनुसार दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्न परिवारलाई लकडाउनको समयमा समस्या भएको हुँदा उनिहरुको पहिचान गरेर सो राहत सामाग्री वितरण गरिएको हो ।

आर्थिक सहयोग गरेको पनि सभापति खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ग्रेटर एक्रोन हिन्दु सेवा समितीका अध्यक्ष एम.एन लुईटेल, सचिव मनोरथ खनाल, समाजसेवी खेम भटट्राई लगायतको सक्रियतामा अमेरीकाबाट आर्थिक सहयोग हामीलाई उपलब्ध भएको थियो । सोही रकमबाट चुलाचुलीका अति विपन्नहरुको पहिचान गरेर सके जती खाद्यन्न सहयोग हामीले गरेका हौँ ।’

राहत सामाग्रीमा २५ केजीका २२ बोरा चामल (प्रत्येक परिवारलाई १ बोरा), १ केजी चिउरा, २ केजी दाल, ढेड लिटर तेल र २ केजी आटा प्रत्येक परिवारलाई वितरण गरिएको थियो । यसका अलावा हिन्दुधर्म अनुसार लक्ष्मिको रुपमा पुजा गरिने गाईलाई समेत दानापानी खुवाएर पुजा गरिएको थियो ।

उपशाखाका सभापति खनालको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा चुलाचुली वडा नं. ५ का वडासदस्य लक्ष्मि न्यौपाने, भानु मा.वि. बुकुवाका प्रध्यानाध्यापक रघुनाथ मिश्र लगायतको उपस्थिती रहेको थियो । राहत वडा नं. ४ स्थित रेडक्रस उपशाखाको प्राङ्गण र भानु मा.वि.को चौरमा वितरण गरिएको थियो भने रेडक्रस उपशाखाका सचिव धनमाया पोख्रेलले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु