ताप्लेजुङ ,२३ जेष्ठ । ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोक मा एक महिलाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता विष्णुबहादुर खड्काका अनुसार तेल्लोक निवासी ३५ वर्षीया खड्कीमाया भट्टराईको निघुरे भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
उनको शव पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
उनका तीन सन्तान छन् । उनका श्रीमान काजी भट्टराईको पाँच वर्षअघि गोठमा आगो लागेर ज्यान गएको थियो ।