काकरभिट्टा ,२५ जेठ । मेची अभियानले झापाका भारतसंग सिमा जोडिएका र संक्रमण देखा परिसकेका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
झापामा पनि कोरोना संक्रमणको जोखिम बढ्दैगईरहेको बेला झापाका ६ वटा पालिकाका प्रमुख तथा उपप्रमुखलाई ती सामग्री हस्तान्तरण गरिएको हो अभियानका संयोजक बिजय डालमियाले बताए ।
उनका अनुसार शनिबार अभियानले स्वाब संकलन गर्न चाहिने भिटिएम, पिपिइ सेट, मास्क र सेनिटाइजर स्थानीय तहलाई बितरण गरेको हो । झापाका भारतसंग सिमाना जोडिएका कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका , र गौरीगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री बितरण गरिएको छ । सिमावर्ती प्रत्येक गाउँपालिकालाई ५० थान भिटिएम सेट, एक सय थान मास्क, एक कार्टुन सेनिटाईजर र ५ थान पिपिइ सेट हस्तान्तरण गरिएको डालमियालेबताए ।
मेची अभियानले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गदै भद्रपुर नगरका उपप्रमुख चन्द्रा श्रेष्ठ ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्न अभियानका सदस्य तथा नेपाली काँग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा सिमावर्ती स्थानीय तहमा पुगेका थिए । अभियानले उपलब्ध गराएका स्वास्थ्य सामग्री काँग्रेस प्रबक्ता शर्माले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै कोरोना संक्रमित देखिएको बुद्धशान्ति गाउँपालिकालाई समेत मेची अभियानले एक सय थान भिटिएम, एक सय थान मास्क, एक कार्टुन सेनिटाईजर र ५ थान पिपिइ सेट हस्तान्तरण गरेको छ । हिजै बिहान अभियानका सदस्य बिश्वप्रकाश शर्माले उक्त सामग्री गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरेका हुन् । मेचीनगर नगरपालिका र गौरादह नगरपलिकालाई समेत सामग्री हस्तान्तरण गर्ने अभियानका संयोजक डालमियाले बताए ।
कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र उपाध्यक्ष निमसरी राजबंशीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बिश्वप्रकाश शर्मा ।